२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।