काठमाडौं । कम्पनीहरूले सेयरधनीलाई घोषणा गरेको लाभांशबापत पाएको नगद र बोनस सेयर साधारणसभा सम्पन्न भएको ३० दिनदेखि ४५ दिनसम्ममा लगानीकर्ताहरूको खातामा आउने नेपाल धितोपत्र बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीकाअनुसार सबै कम्पनीहरूले सबैभन्दा पहिले आफ्नो संस्थाको सञ्चालक समितिको बैठकबाट लाभांश प्रस्ताव गर्दछन् । त्यसपछि लाभांश प्रस्ताव