२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

प्रि ओपनमा साढे २९ अंकले बढेको नेप्से ५.५७ अंकले घट्यो, साढे ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने समयमा घटेको छ । केहि दिनदेखि लगातार बढेको बजार मंगलबार झिनो अंकले घटेर करेक्सन भएको हो । मंगलबार २०६ कम्पनीको नेप्सेमा कारोबार हुँदा करिव साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ