काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवर्द्धन गर्नु रहेको छ । सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख लगानी तथा बजार