नेपालको ‘राष्ट्रिय गौरव’ को आयोजनामध्येको एक सुनकोशी मरिण डाइभर्सनको ठेक्का रद्द भएसँगै मुलुकको बैंकिङ क्षेत्रमा एउटा ठूलो हलचल पैदा भएको छ। सर्वोच्च अदालतको आदेशलगत्तै बैंकहरूले ३ अर्ब ६० करोड रुपैयाँ सरकारी खातामा जम्मा गर्ने प्रक्रियामा छन्, तर यो भुक्तानीले बैंकहरूको सन्तुलन र जोखिम व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरिदिएको छ। काठमाडौँ