काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को खुद नाफामा दोहोरो अंकले वृद्धि भएको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको गत वर्ष वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले खुद नाफा २२.२६ प्रतिशतले बढेर ४५ करोड ८२ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।