काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै १० अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।