काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.९२२१ नगद लाभांश दिने निर्णय गरेको हो