काठमाडौं । बीमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउन तीन महिना म्याद थप गरिएको छ । नेपाल बीमा प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो । बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन दिइएको समय गत चैत मसान्तमै सकिएको थियो । तर, अधिकांश कम्पनीले अझै चुक्तापुँजी पुर्याएका छैनन् ।