काठमाडौं । महेन्द्रनगर–८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन ।