काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर अर्को सातादेखि एकीकृत कारोबार थाल्ने भएका छन् । आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार थालनी गर्ने कम्पनीका अधिकारीहरूले जनाएका छन् । कारोबार शुभारम्भको लागि बीमा प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीका एक कर्मचारीले बताए । मर्जरपश्चात् कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ रहनेछ