काठमाडौं । अब बीमा कम्पनीहरुले विदेशमा पनि शाखा खोल्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमक शाखा कार्यालय सम्वन्धी निर्देशिका, २०७९ ले यस्तो व्यवस्था गरेको हो । सो व्यवस्था बमोजिम अब बीमकले प्राधिकरणको पूर्व सहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्नेछन् ।