२ कार्तिक २०८३, सोमबार

बीमा

नेपालका कति बालबच्चा बीमाको दायरामा छन् ?

काठमाडौं । नेपालका ९ लाख भन्दा बढी बाल बच्चा जीवन बीमाको दायरामा आएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार हालसम्म ९ लाख ८ हजार १७० वटा बालबच्चा सम्बन्धी जीवन बीमालेख सक्रिय छन् ।