काठमाडौं । बीमा समितिले नयाँ पुर्नबिमा कम्पनीको लागी आह्वान गरेको २० औं दिनसम्म आइपुग्दा ५ ओटा पुर्नबीमा कम्पनीले लाइसेन्सको लागी आवेदन दिएका छन् । बीमा समितिले आवेदन आह्वान गरेको अव २ दिन बाँकी छ । तोकिएको म्यादभित्रै ५ ओटा कम्पनीबाट आवेदन आइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।