काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तर्क्रियात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे