१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सरकारको ‘लठैत’ पनले लिपुलेक मुद्दाको अवसान!

काठमाडौँ। केवल राजनीतिक स्टन्टबाजीका लागि सरकारले लिपुलेकको सीमा विवादलाई चिनियाँ राष्ट्रप्रति समक्ष उठाइदिएपछि यो मुद्दा अब सदाका लागि अवसान हुने स्थितिमा पुगेको छ। पर्याप्त कूटनीतिक पूर्व तयारी बिना नै सरकार प्रमुखहरूको तहमा यस विषयलाई उठाएर ‘हिम्मत देखाएको’ भाष्य स्थापित गर्न खोजिएको छ। तर कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार यस पल्टको शाङ्हाई