काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट क्षितिज थेबे नेतृत्वको प्यानल विजयी भएको छ । थेबे १८८ मतान्तरले विजयी भएका हुन् । प्राप्त मतपरिणामअनुसार थेबेले ७९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत प्राप्त गरेका छन् ।