काठमाडौँ । छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानबीच दशकौँदेखिको तनावले अहिले एउटा खतरनाक मोड लिएको छ। पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानको तालिबान सरकारसँग अब ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन्। शुक्रबार बिहानैदेखि अफगानिस्तानको राजधानी काबुलसहित विभिन्न सहरहरूमा पाकिस्तानी वायुसेनाले बमबारी गरेपछि दुई देशबीचको सम्बन्ध पूर्ण सैन्य मुठभेडमा परिणत भएको हो।