१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

विश्वव्यापी ऊर्जा सङ्कटको भय: ड्रोन आक्रमणपछि कतार इनर्जीद्वारा ग्यास उत्पादन बन्द

काठमाडौँ । मध्यपूर्वमा फैलिएको युद्धको प्रत्यक्ष असर अब विश्वको भान्सा र उद्योगसम्म पुग्ने देखिएको छ। कतारको सरकारी ऊर्जा कम्पनी ‘कतार इनर्जी’ ले सोमबार आफ्नो तरल प्राकृतिक ग्यास (एलएनजी)को उत्पादन पूर्ण रूपमा बन्द गरेको छ। आधिकारिक विज्ञप्ति अनुसार, इरानले कतारको रास लाफानस्थित प्रमुख ऊर्जा केन्द्रमा ड्रोनमार्फत भीषण आक्रमण गरेपछि यो कठोर