१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

राजनीतिमा बदलिएको हावाले अर्थतन्त्रमा थप्दैछ त्रास

काठमाडौँ। राजनीतिक वृत्तमा तीव्र गतिमा फेरिँदै गएको समीकरण र निर्वाचन भाड्न भइरहेका प्रयासले चुनाव कुरेर बसेको आर्थिक तथा वित्तीय क्षेत्रलाई झनै बढी झस्काउन थालेको छ। फागुन २१ मा निर्वाचन भएमा त्यसको परिणाम जस्तोसुकै आए पनि एक हिसाबले राजनीतिक संक्रमण कालको विराम लाग्ने अपेक्षा आर्थिक क्षेत्रले गर्दै आएको थियो। त्यसपश्चात् लगानीकर्ताको