अर्थ राजनीति « Arthapath.com
७ असार २०८३, आइतबार

अर्थ राजनीति

कुलिङ पिरियड खारेज गर्ने संशोधनप्रति एमालेको चर्को विरोध, विधेयक अस्वीकार गर्ने घोषणा

काठमाडाैं । संघीय संसद्को प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाइएको खुलासा भएपछि सत्तारूढ दल नेकपा एमालेले विधेयक अस्वीकार गर्ने स्पष्ट घोषणा गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितको छलफलपछि, नेकपा एमालेले सभामुख देवराज घिमिरेलाई औपचारिक रूपमा आफ्नो असहमति जानकारी गराएको हो।