१० श्रावण २०८३, आइतबार

समाचार

कृषि सडकमा अनियमितता, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सप्तरीको महादेवा गाउँपालिका–२ मा कृषि सडक निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार दोमुहान डगरदेखि खाडो नदी हुँदै भिमबाँधसम्मको सडक निर्माणका क्रममा वास्तविक कामभन्दा बढी परिमाण देखाई करिब ६ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम गैरकानूनी