काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका अस्पताल क्यान्टिनहरूको अनुगमन गर्दा ओम अस्पतालको क्यान्टिनमा गम्भीर लापरबाही भेटिएको छ । चाबहिलस्थित ओम अस्पतालको हेल्दी बाइट्स सर्भिसेस प्रालिले सञ्चालन गरेको क्यान्टिनमा म्याद गुज्रिएका वस्तु, लेबलविहीन खाद्य सामग्री, अस्वच्छ वातावरण र अव्यवस्थित कीट नियन्त्रण प्रणाली भेटिएपछि