काठमाडौं। हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष र गहिरो असर पारेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारस्तम्भ मानिने अटोमोबाइल क्षेत्र कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाको दृष्टिकोणबाट समेत चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै, नाडाले यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण