काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि सुकिला नोट वितरण आजदेखि सुरु गरेको छ । राष्ट्र बैंकका तोकिएका बैंक र वित्तीय संस्थाबाट ग्राहकहरूले सुकिला नोट सटही गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने तयारी गरेको हो ।