काठमाडौं । चर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ फेरि कारागार फर्किने भएका छन् । कारागार प्रशासनका अनुसार गोरेका आफन्तले सम्पर्क गरी उनी स्वेच्छाले सुन्धारा कारागार फर्किन लागेको जानकारी दिएका हुन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते गोरे अन्य थुनुवासँगै सुन्धारा कारागारबाट फरार भएका थिए ।