काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर आज आइतबारदेखी कारोवार सुरु भएको छ । प्रतिकित्ता १९१ रुपैयाँमा अजोडको सेयर कारोवार भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेमा सेयर सुचिकृत भएको ४ दिनपछि आइतबारदेखीनै कारोवार सुरु भएको हो । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर बुधबार नेप्सेमा सूचीकृत भएको थियो