काठमाडौं । आज मंगलबार भदौ ४ गते पनि सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज गाई जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ