काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूँजीगत संरचना सुदृढ गर्ने उद्देश्यका साथ २ अर्ब रुपैयाँ बराबरको विशेष प्रकृतिको अग्राधिकार शेयर बजारमा ल्याउने भएको छ । बैंकको आषाढ ३ गते (बुधबार) सम्पन्न भएको आठौँ विशेष साधारणसभाले सञ्चालक समितिद्वारा अघि सारिएको उक्त सम्बन्धी विशेष प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । विशेष