काठमाडौं । एसके इनर्जी डेभलपमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त क्रममा एसके इनर्जी डेभलपमेन्टका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।