काठमाडौं । सेयर बजार उकास्न विभिन्न पहल भइरहेका बेला अर्थमन्त्री वर्षमान पुनले ‘नयाँ युक्ति’मा काम गर्ने तयारी थालेका छन् । उनले संस्थागत लगानीकर्तालाई बढावा दिएर अघि बढ्न लागेका हुन् । कम्पनी दर्ता गरेर सेयरमा लगानी गर्दा अहिले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउने प्रयास भइरहेको उनले बताए ।