काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ अर्ब बढीको आईपीओ निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ । कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न गत मंगलबार अर्थात भदौ २६ गते बोर्डमा निवेदन पेश गरेको हो