काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अकंले घटेर १९०८.५५ बिन्दुमा पुगेको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुदाँ ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ । बिहिबार आदर्श लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।