काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ। संस्थाले ९७ लाख रुपैयाँबराबरको ९७ हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो। यसैगरी बिहीबार संस्थाले आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरीस्थित मेगा क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धमा स्रम्झौता भएको