काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले ५० प्रतिशत बापतको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातमा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।