१० कार्तिक २०८३, मंगलबार

समाज

दशैंमा दशाः गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । दशैं मनाउनका लागि यात्रु बोकेर घर गईरहेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु र ३ जना घाइते भएको छ । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा ५ जनाको मृत्यु भएको हो भने दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ