काठमाडौं । नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुषको कोरोना संक्रमण्बाट मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो