९ कार्तिक २०८३, सोमबार

समाज

काठमाडौंमा १८२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ