७ कार्तिक २०८३, शनिबार

प्रविधि

एनसेलले बुझायो अनुमतिपत्र नवीकरणको अर्बौँ रुपैयाँ, किस्ता र ब्याज भुक्तानी फर्छ्यौट

काठमाडौँ । निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र नवीकरणबापतको बक्यौता रकम राज्यको खातामा बुझाएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायको आधिकारिक बैंकिङ खातामार्फत उक्त वित्तीय दायित्व पूरा गरिएको हो। कम्पनीले हालै बुझाएको कुल ४ अर्ब ९६ करोड रुपैयाँमध्ये नवीकरण दस्तुरको मुख्य साँवा मात्रै ४ अर्ब २५