उपत्यकामा अस्तव्यस्त तार हटाउन इन्टरनेट सेवा प्रदायकले १५ दिनको समय मागेपछि सरकारले भन्यो– ‘यो अन्तिम मौका हो’ काठमाडौँ उपत्यकाका आकाशमा वर्षौंदेखि जेलिएर बसेका र लापर्बाही ढङ्गले लत्रिएका प्रयोगविहीन तारहरूको व्यवस्थापन गर्नुपर्ने दायित्व बोकेका इन्टरनेट सेवा प्रदायकहरूले ‘अन्तिम मौका’का रुपमा दुई साताको समय पाएका छन् । तोकिएको मितिभित्र काम सक्न नसकेपछि