विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकै डिजिटल छातामुनि गोलबन्द गर्ने उद्देश्यसहित विभिन्न आधुनिक र आपत्कालीन विशेषतायुक्त नयाँ नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडाैँ । ग्लोबल नेपाली डायस्पोरा र स्वदेशमा रहेका नागरिकहरूबीचको दूरी मेटाउँदै उनीहरूलाई एउटै डिजिटल सूत्रमा बाँध्ने उद्देश्यले नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’ सञ्चालनमा आएको छ।