पर्यटन « Arthapath.com
१७ असार २०८२, मंगलबार

पर्यटन

लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि नेपाल–युनेस्को साझेदारी बलियो हुँदै, खतराको सूचीमा नराख्न पहल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल गरिएको हो ।