काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नगरेनसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । आइतबार पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागी खेलाडी