काठमाडाैं । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनले नेपालकाे उड्डयन क्षेत्रका मुख्य समस्याहरू औंल्याउँदै विभिन्न सुझावहरू दिएकाे छ । नेपालमा नागरिक उड्डयन, हवाई सञ्चार, हवाई पथ प्रदर्शन, हवाई सुरक्षा व्यवस्थापन र नियमनसम्बन्धी कार्य नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ । नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई नीति अन्तर्राष्ट्रिय परिवेशअनुकूल परिमार्जन हुन