काठमाडौं। गत चैत ११ गते यता कोरोना महामारीका कारण विभिन्न देशमा अलपत्र परेका साढे ५० हजार भन्दा बढी नेपाली जहाज मार्फत स्वदेश आएका छन । २०७६ चैत ११ देखि २०७७ साउन ३२ गतेसम्म विभिन्न देशबाट ५० हजार ७२३ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका अध्यागमन विभागको तथ्याङ्कले देखाउछ ।