काठमाडौं । अमेरिकी डलरको सर्वशक्तिमान प्रभावलाई कम गर्दै विश्वव्यापी वित्त प्रणालीमा आफ्नो प्रभुत्व जमाउने र अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरलाई चीनले आक्रामक रूपमा अघि बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्थिर आर्थिक नीतिका कारण सिर्जित भू–राजनीतिक अनिश्चितताले बजारलाई त्रसित बनाएको पछिल्लो अवस्थामा डलर चार वर्षयताकै न्यून बिन्दुमा झरेको छ। अर्कोतर्फ, लगानीकर्ताहरू