नेपाल इन्स्योरेन्सेका सीईओ शाहको कार्यकाल सकियो, कामु सीईओमा पोखरेल नियुक्त « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

नेपाल इन्स्योरेन्सेका सीईओ शाहको कार्यकाल सकियो, कामु सीईओमा पोखरेल नियुक्त



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल सकिएको छ । शाहको ४ बर्षे कायर्काल सकिएपछि सञ्चालक समितिले सीईओ शाहको विदाई गरेको हो । सीईओ शाहको साउन ९ गते शनिवार सकिँदैछ । सफलतापूर्वक ४ बर्षे कार्यकाल पुरा गरेका सीईओ शाहको बिहीबार बसेको सञ्चालक समतिको बैठकले विदाई गरेको हो ।

सञ्चालक समितिको बैठकले कामु सीईओमा ईस्वर पोखरेललाई नियुक्त गरेको छ । कामु सीईओ पोखरेलले आइतबारदेखि कार्यभार सम्हाल्ने छन् ।

बीमा क्षेत्रलाई राम्रोसँग बुझेका सीईओ शाहले कम्पनीलाई प्रतिस्पर्धी बजारमा उभ्याएका छन् । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी नेपालको पुरानो बीमा कम्पनीका हो ।

कुशल व्यावसायीक व्यवस्थापक शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनिलाई ब्यावसायीक कम्पनीका रुपमा रुपान्तरण गरेका हुन् । शाहको कार्यकालमा कम्पनीले उल्लेख्य रुपमा उपलब्धि हासिल गरेको समितिले बताएको छ । सधै उचाइ छुन अभिप्रेरित गर्ने उर्जाशील शाह बरिष्ठ चार्टड एकाउन्टेन्ट, एमबीएसम्मको अध्ययन गरेका छन् ।

सीईओ शाह फिलिपिन्समा सचिबालय रहेको विकासशिल देश हरुको बीमक तथा पुनर्बिमकहरुको संघ (Association of Insurers and Reinsurers in developing Countries) को अध्यक्ष समेत रहेका छन् ।

शाह नेपाल व्यबस्थापन संघबाट २०१४ मा बर्षको उत्कृष्ट ब्यबस्थापकबाट सम्मानित समेत भएक थिए । बीमा क्षेत्रमा ३५ वर्ष भन्दा बढीको अनुभव शाहसँग छ । शाह देशमा कार्यरत बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष समेत भएका थिए ।

शाह बीमा का ज्ञाता र बीमाको सक्तिका बारेमा देश तथा बीदेसमा जागरुकता बढाउने संजालमा समेत आबद्ध रहेका छन् । शाहले बीमाका बारेमा बिभिन्न देसी, बिदेशी संघ, संस्था, दातृनिकायलाई समेत सुझाव सल्लाह समेत दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्