कर्मचारी सञ्चय कोषमा प्रशासक परिवर्तन भएको हो ? « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

कर्मचारी सञ्चय कोषमा प्रशासक परिवर्तन भएको हो ?



काठमाडौँ । गत भदौ ३ गते बसेको मन्त्रीपरिषद बैठकले कर्मचारी सञ्चय कोषको प्रशासक तुलसी प्रसाद गौतमलाई हटाएको थियो । सरकारले हटाएसँगै कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धिताललाई दिइएको थियो । 

निमित्तको जिम्मेवारी पाएका धितालले कामु प्रशासक लेख्दै आएका छन् । सर्वोच्च अदालतको बिहीबारको फैसल्लाले गौतमलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । तर सरकारले निमित्तको जिम्मेवारी दिएका धितालले प्रशासक हटेको २ साता नपुग्दै धितालले आफ्नो फोटो राखेर प्रशासकको अनुरोध लेखेका छन् । 

कर्मचारी सञ्चय कोषको वेभ साइटमा सोमबार दिउसोसम्म धितालको कामु प्रशासकबाट हटाएको छैन  भने प्रशासकको सन्देश भन्ने ठाउँबाट पनि फोटो हटाइएको छैन । 

सर्वोच्चको आदेश आए लगत्तै कोषमा हाजिरको तयारीमा रहेका गौतमको हटाइएको छ । सर्वोच्चको फैसल्लाले अहिले पनि गौतमनै प्रशासक हुन । कोषमा काँग्रेस र माओवादी निकट कर्मचारीले गौतमलाई हाजिर हुन नदिने भन्दै आन्दोलन र धर्ना दिएका छन् । यद्येपी गौतम आज सोमबार कोषमा हाजिर हुने जनाइएको छ । 

Tags :

प्रतिक्रिया दिनुहोस्