अर्थमन्त्रीको दबाबमा बीमा समितिको सञ्चालकबाट किरण श्रेष्ठले दिए राजीनामा « Arthapath.com
२ कार्तिक २०७८, मंगलवार

अर्थमन्त्रीको दबाबमा बीमा समितिको सञ्चालकबाट किरण श्रेष्ठले दिए राजीनामा



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको दबाबमा बीमा समितिको सञ्चालकबाट बैंकर किरण श्रेष्ठले राजीनामा दिएका छन् । शर्मा अर्थमन्त्री भएदेखीनै अघिल्लो ओली सरकारले गरेका नियुक्तिहरू हटाउँदै आएका छन् । 

बीमितको तर्फबाट बीमा समितिको सञ्चालक बनेका राष्ट्रिय वाणिज्य बैङ्कका सिइओ किरण कुमार श्रेष्ठले दसैँ अघीनै अर्थ मन्त्रालयलाई राजीनामा बुझाएका छन् । हाल बजारमा नयाँ बीमा कम्पनीहरूलाई लाइसेन्स दिने चर्चा चलेसंगै श्रेष्ठ हटेका छन् । 

सरकारले आफूलाई कम्फटेवल हुने सञ्चालक नियुक्ति गरेर फेरी नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको हो । सङ्खुवासभा रहेका किरण श्रेष्ठले आफूलाई सरकारले हटाएको नभई स्वेच्छाले राजीनामा दिएको जनाएका छन् । ‘म वाणिज्य बैङ्कको सीईओको अलावा अन्य क्षेत्रमा पनि संग्लग्न रहेकाले समय व्यस्तताले राजीनामा दिएको हुँ ।’

डेढ वर्षअघि बीमा समितिको सञ्चालक बनेका श्रेष्ठलाई वर्तमान अर्थमन्त्री शर्माको दबाबमा राजीनामा दिएको चर्चा छ । सरकारले अझै आधा दर्जन नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको छ । सरकारलाई सहयोग होस भनेर श्रेष्ठले राजीनामा दिएका हुन् । यद्येपी श्रेष्ठको राजीनामा स्वीकृतिको पत्र बीमा समिति आई नपुगेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

Tags :

प्रतिक्रिया दिनुहोस्