टेलिकमले भन्यो, ‘सम्झौताको समयावधि समाप्तिसँगै दायित्व समाप्त हुन्छ’ « Arthapath.com
४ बैशाख २०८०, सोमबार

टेलिकमले भन्यो, ‘सम्झौताको समयावधि समाप्तिसँगै दायित्व समाप्त हुन्छ’



काठमाडौं । टेलिकमको केन्द्रीय कार्यालय प्रांगण बाहिर धर्ना दिइरहेको प्रति आफ्नो ध्यानकर्षण भएको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यालय सहित समाजिक संजालमा टेलिकम प्रति भइरहेको नकारात्मक टिप्पणी प्रति गभीर ध्यानकर्षण भएको जनाएको हो ।

नेपाल टेलिकमले सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम÷कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको भन्दैं यसको बारे बाहिर नकरात्मक टिप्पणी भइरहेको जनाएको छ ।

सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था बमोजिम टेलिकमले कार्य गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा, “केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ ।”

टेकिलमले विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने ब्यवस्था बमोजिम कर्मचारी समेत घटाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्